कारोबार


सोमबार काठमाडौंमा एसएमईज सम्मेलन हुँदै

सोमबार काठमाडौंमा एसएमईज सम्मेलन हुँदै

नेपालखबर
माघ ८, २०७९ आइतबार १२:५३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले माघ ९ गते काठमाडौंमा एसएमईज (साना तथा मझौला किसिमका इन्टरप्राइजेज) सम्मेलनको आयोजना गर्ने भएको छ। 

महिला उद्यमी लगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।   

सम्मेलनको दौरान यस क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँच, बजार प्रवर्द्धन, निर्यात प्रवद्र्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव लगायतका विषयहरुमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुुति, सामूहिक छलफल हुनेछन्। 

सम्मेलनको प्राविधिक पहिलो शत्र ठूला तथा साना उद्योगबीच व्यावसायिक सम्बन्ध, दोस्रो सत्र वित्तीय पहुँच, तेस्रो सत्र वस्तु बजारीकरण÷निर्यात÷अतिकम विकसित मुलुकबाट स्तरोन्नति÷युवा उद्यमशीलता विषयमा सामूहिक छलफल हुनेछ। 

सम्मेलनमा आआफ्ना क्षेत्रका स्थापित उद्यमी व्यवसायीका अनुुभव आदानप्रदानको सत्र समेत राखिएको छ। वित्तीय पहुँचका लागि आवश्यक मापदण्ड, कागजात एवं प्रक्रियागत विषयहरुमा विज्ञहरुले जानकारी दिनुको साथैं विदेशी राष्ट्रहरुमा एमएसएमई क्षेत्रको विकास एवं प्रवद्र्धनका लागि भए÷गरेका प्रयासहरूबारे समेत सम्मेलनमा छलफल हुनेछ। 

साना उद्योगीले प्रतिष्ठित उद्योग र उद्योगीले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलता र अनुभव आदान प्रदान गर्ने अवसर समेत पाउनेछन्।  

सम्मेलनबाट एमएसएमई उद्योग प्रवर्द्धन गर्न बनेका नीति, ऐन, नियम एवं कार्यविधिमा भएका व्यवस्थाहरुबारे सहभागीले जानकारी प्राप्त गर्नुका साथै सम्मेलन एमएसएमई क्षेत्रले सामना गर्नुपरेका समस्या पहिचान गर्दै सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि पहल गर्न सहयोगी हुने अपेक्षा गरिएको छ। 

महासंघको घरेलु तथा साना उद्योग समिति र महिला उद्यमी विकास समितिका अग्रसरतामा आयोजना गरिने उक्त कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका प्रतिनिधिहरु, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमीलगायतका सरोकारवाला निकायका करिब ३०० जना प्रतिनिधिहरुको सहभागीता रहनेछ। 

सम्मेलनका सबै कार्यक्रम होटल हिमालय कुपण्डोलमा सोमवार विहान ९ः३० बाट सुरू हुनेछन्। 

मुलुुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा लघु, घरेलु, साना तथा मझौलाको रहेको छ। जीडीपीमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ । त्यसमा एसएमईजको अंशमात्र ९० प्रतिशत रहेको बताइन्छ। यस क्षेत्रबाट करिव १७ लाखले रोजगार पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .