ad ad

कारोबार


तोलामा २० रुपैयाँ सस्तो भयो चाँदी, सुनको कति पुग्यो?

तोलामा २० रुपैयाँ सस्तो भयो चाँदी, सुनको कति पुग्यो?

नेपालखबर
माघ ५, २०७९ बिहिबार ११:५१, काठमाडौँ

आज बिहीबार बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन १ लाख ४ हजार ५ सय र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा नै कारोबार भएको हो। 

तर आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ। 

महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन भने चाँदी १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। 

त्यसो त अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस २.६ डलरले बढेर १ हजार ९ सय ९ डलर पुगेको छ। पछिल्लो ३० दिनयता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ९२.१६ डलरले बढेको देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .