कारोबार


पर्यटन बोर्डसँगको विवाद नमिल्दा टान ‘अवैध’

पर्यटन बोर्डसँगको विवाद नमिल्दा टान ‘अवैध’

नेपालखबर
पुस ११, २०७६ शुक्रबार ११:५२,

पर्यटन बोर्डसँग टिम्स सम्बन्धी विवाद नमिल्दा ट्रेकिंङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) दुई वर्षदेखी नविकरण हुन सकेको छैन। 

ट्रेकरर्स इन्फोरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स)को आम्दानीको विषयमा बोर्ड र टानबीच कुरा नमिल्दा नविकरण हुन नसकेको हो।

नेपाल पर्यटन बोर्ड र टानबीच भएको सम्झौता अनुसार टिम्सको रकम मध्ये ३० प्रतिशत टानको संस्थागत खातामा, ३० प्रतिशत बोर्डको संस्थागत खातामा, ३० प्रतिशत बोर्ड र टानको संयुक्त कोषमा र बाँकी १० प्रतिशत मजदुरहरुको कल्याणकारी कोषमा राख्नु पर्ने हुन्छ।

विगत ५ वर्षदेखी टानले सम्झौता अनुरुप पाउनुपर्ने रकम पाउन नसकेको बताएको छ। लेखापरीक्षण प्रतिवेदनमा टिम्सको करोडौं आम्दानी देखिएको छ, उक्त आम्दानीको कर तिर्नुपर्ने हुन्छ। तर टानले आफूले रकम नपाएको भन्दै कर तिरेको छैन जसले गर्दा टान दुई वर्षदेखी नविकरण हुन सकेको छैन।

नविकरण हुन नसक्दा उच्च हिमाली क्षेत्रमा कार्यरत पदयात्रा सहयोगीहरुलाई उद्धार गर्दा लागेको हेलिकप्टर खर्च, औषधोपचार खर्च, टिम्स तर्फको प्रशासनिक खर्च कर्मचारीहरुको तलब लगाएत नयाँ नयाँ गन्तव्यहरुको खोज अनुसन्धान तथा प्रर्वदन कार्य प्रभावित भएको टानले बताएको छ।

नेपाल सरकारको निर्देशन अनुसार पर्यटन बोर्ड र टानको सहकार्यमा २००८ देखी टिम्स कार्यन्वयन आएको हो। सम्झौतामा विभिन्न पदयात्रा क्षेत्रमा पदयात्रीकै सेफ्टी र सेक्युरीटीका लागि टिम्स चेकपोष्ट स्थापना गरिने बताईएको थियो। हाल बेंशीसहर, तातोपानी, विरेठाँटी, घम्पुस ठाउँहरुमा मात्रै टिम्प चेकपोष्ट सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad