राजनीति


ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग

नेपालखबर
पुस ११, २०७६ शुक्रबार ११:५२,

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरि अर्को अभियोग लगाइएको छ।

संघीय प्रहरीले उनलाई बिहीबार भ्रष्टाचारसम्बन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले जनाएका छन्। राष्ट्रपति कार्यालय छोडेपछि उनले स्थापना गरेको निर्माण कम्पनी ओडेब्रेचमार्फत् भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।

प्रहरीकाअनुसार सन् २०१३ को डिसेम्बर देखि २०१४ को मार्चसम्ममा त्यस संस्थामा जम्मा गरिएको रकमका बारेमा प्रहरीले आशंका गरेको हो।

लुलाको संस्थाका प्रमुख पाउलो ओकामोटो र पूर्व अर्थ मन्त्री एन्टोनीयो पालोस्सीलाई पनि भ्रष्टाचार र मुद्रा अपचनलसम्बन्धी अभियोग लगाइएको छ। लुलाको राष्ट्रपतिको कार्यकाल सकिएपछिको विषयलाई लिएर अभियोग लगाउनु पूर्वाग्रहपूर्ण भएको लुलाका वकिलहरुले बताएका छन्। लुलाको पछिल्लो राष्ट्रपतीय कार्यकाल सन् २०१० मा सकिएको थियो।

लुलाको कारोबार सामान्य र नियमित नै देखिने र कुनै अस्वभाविक नदेखिने उनका वकिलहरुको भनाई छ।

यसअघि अर्कै अभियोगमा दोषी ठहर भएर कारागार पठाइएका लुला केही महिना अगाडि मात्रै जेलमुक्त भएको थियो।

ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उनले जेलजीवन बिताएका थिए।

वर्कर्स पार्टीका नेतासमेत रहेका पूर्वराष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो।

ब्राजिलमा एउटा मुद्दामा तीनपटकसम्म पुनरावेदन गर्न पाउने नयाँ व्यवस्थाका कारण पुनरावेदनका लागि निवेदन दिएकोले सो मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि उनी थुनामुक्त भएका हुन्।

पूर्व राष्ट्रपति लुलाले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा विभिन्न आरोप र अभियोगहरु लगाइएको भन्दै आरोपको खण्डन गर्दै आएका छन्। रासस÷सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad