नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋणको किस्ता रकम भुक्तानी गरेको छ।
निगमका अनुसार पुस २९ मा कोषलाई ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरिएको हो। कोषबाट निगमले जहाज खरिदका लागि ऋण लिएको थियो।
यसअनुसारको न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको रकम भुक्तानी गरिएको हो। यसअघि गत असार ३० मा पनि १ अर्ब ३५ करोड रुपैयाँ र गत कात्तिक १ मा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो।
162
Shares

प्रतिक्रिया