ad ad

कारोबार


सन् २०२३ मा नयाँ उत्पादन ल्याउने भिभोको योजना

सन् २०२३ मा नयाँ उत्पादन ल्याउने भिभोको योजना

नेपालखबर
पुस २०, २०७९ बुधबार १६:५१, काठमाडौँ

भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ। 

सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ। 

भिभोका लागि सन् २०२२ निकै अद्भूत रहयो, डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक बनेको छ। भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्सलगायत अत्याधुनिक विशेषताहरुमार्फत हामीलाई आश्चर्यचकित बनाउँदै आइरहेको छ। 

स्रोतका अनुसार भिभोले २०२३ मा बहुप्रतिक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरू सार्वजनिक गर्नेछ। नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५००+ रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ। 

कम्पनीले भनेको छ, ‘यी संख्या निरन्तर बढ्दै गइरहेका छन् यसका लागि ग्राहकवर्गले दिएको माया र प्रशंसाको लागि धन्यवाद। विश्वव्यापी रूपमा पनि, ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।’

भिभोले सन् २०२२ मा महत्वपूर्ण फ्ल्यागशिपहरू, विशेष गरी भी२३ र भी२५ सिरिजहरु सार्वजनिक गरेर उत्पादन लाइनको आक्रामक विस्तार गरेको थियो। त्यस्तै वाई३३एस, वाई०१, वाई५५, वाई१५सी, वाई३५, वाई२२, वाई१६ र वाई२२एसको लन्चहरूसँगै ब्रान्डको बजेट मैत्री र सुविधायुक्त वाई शृङ्खलाले पनि विस्तारको अनुभव गरेको छ। 

यसबाहेक, ब्रान्डको वाई२०, वाई२१ई र वाई२३ई स्मार्टफोनहरूको मूल्य क्रमशः रु.२०,९९९ र रु.३७९९९ र ४१,९९९ मा घटाएको छ। भिभोले भी२३ फाइभजीमा कलर चेन्जिङ ग्लास प्रविधि ल्याएको थियो भने भी२५ फाइभजीमा ५०एमपी फ्रन्ट क्यामेरा, ४५००एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज ल्याएको छ। रङ परिवर्तन हुने ग्लास प्रविधिले स्मार्टफोनको डिजाइनलाई परिभाषित गरेको छ।

ब्रान्डले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै प्रविधिलाई प्रजातान्त्रिक र उन्नत बनाउने उद्देश्यका साथ यस सम्बन्धमा आफ्नो गतिलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।

गत वर्ष डिसेम्बर २०२२ मा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रमको आयोजना लगायत धेरै महत्वपूर्ण पहलहरू सञ्चालन गरेको थियो भने “मोर लोकल, मोर ग्लोबल” दृष्टिकोणलाई आत्मसात् गर्दै स्थानीय प्रतिभालाई सम्मान र प्रोत्साहन गरेको थियो। यसबाहेक भिभोटाइन फोटोग्राफी प्रतियोगिता आयोजना गरी प्रतिभाशाली फोटोग्राफरहरूलाई पुरस्कार र भी, ए’ र वाई सिरिज स्मार्टफोनहरुमा छुट दिएको थियो। 

हरेक महिनाको २७ देखि २९ तारिखसम्म मनाइने “भिभो सर्भिस डे”मा ग्राहकहरूले अन्य फाइदाहरूका साथै निःशुल्क सरसफाइ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड लगायतका निःशुल्क बिक्री पछि सेवाहरूको फाइदा लिन सक्छन्। 

डिसेम्बर २०२२ मा ५औं वार्षिकोत्सवको अवसरमा, भिभोले दैनिक, साप्ताहिक र बम्पर लक्की ड्र मार्फत प्रयोगकर्ताहरूलाई आकर्षक उपहारहरू प्रदान गर्दै एक महिना लामो “सेल्स कार्निभल” सम्पन्न गरेको छ। ब्रान्डले नेपालमा फाइभजी क्षमताको सुधारलाई पनि उल्लेखित उद्देश्यका रूपमा लिएको छ। भिभोले नेपाली समुदायमा आफ्नो संलग्नता र योगदानलाई सुधार गर्न २०२३ मा आफ्ना सेवाहरू र पहलहरूलाई अझ जोसिलो रूपमा वृद्धि गर्न जारी राख्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .