ad ad

कारोबार


नेपाल विज्ञापन संघ आनको २३औँ साधारणसभा सम्पन्न

नेपाल विज्ञापन संघ आनको २३औँ साधारणसभा सम्पन्न

नेपालखबर
पुस २०, २०७९ बुधबार १६:५६, काठमाडौँ

नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा मंगलबार र्‍याडिसन होटेल काठमाडौंमा अध्यक्षसोम प्रसाद धितालको अध्यक्षता, सञ्चार तथा सूचना प्रविधि सचिव डा. वैकुण्ठ अर्यालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

बिहान बन्दसत्रबाट सुरु भएको साधारणसभालगत्तै विज्ञापन उद्देश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तर्क्रिया गरिएको थियो जसको पहिलो सत्रको सहजीकरण अध्यक्ष सोम प्रसाद धिताल र प्यानलिष्ट विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाईले गरेका थिए। 

दोस्रो सत्रको सहजीकरण आनका सल्लाहकार रन्जितराज आर्चाय र प्यानलिष्टहरुमा मिडिया सोसाइटीका अध्यक्ष शुभ शंकर कडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल प्यानलिष्ट थिए।

उक्त कार्यक्रमकम सघंका सदस्य एजेन्सीहरुबाट  विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचार संहिताको बारेमा विभिन्न जिज्ञाशा र प्रश्नहरु राखेका थिए।   

उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरुमा संघका पूर्वअध्यक्षहरु तथा पदाधिकारिहरु, विज्ञापन बोर्डका प्रतिनिधिज्यूहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति थियो । 

कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्षसोमप्रसाद धिताल ज्यूले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको वारेमा सभालाई जानकारी गराउँदै मन्त्रीलाई समस्या समाधानमा विशेष पहल गरिदिन अनुरोध गरे।  

संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरे। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइले बोर्डबाट काम भैरहेको र धैर्य गर्न आग्रह गरे।  

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्नु हुँदै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताए। 
सञ्चार तथा सूचना प्रविधि सचिव डा. वैकुण्ठ अर्यालज्यूले यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आवश्यक रहेको बताए।

उदघाट्न सत्रको समापन गर्दै अध्यक्ष सोम प्रसाद धितालज्यूले विज्ञापन बोर्डले विज्ञापन उद्योगको बिकासमा जोड्दार माग गरे। साथै आनले सम्मान कार्यक्रम सम्मान कार्यक्रम आरम्भ गरेको र आजको यस सम्मान कार्यक्रममा नपरेका भए पनि सबै उद्यागी व्यवसायीको ठुलो योगदान रहेको बताए। 

करिव दुई घण्टा चलेको उद्घाटन सत्रमा नेपालका प्रतिष्ठित अन्तराष्ट्रिय र राष्ट्रिय कम्पनिहरुलाई उनीहरुबाट विज्ञापन क्षेत्रमा निरन्तर पु¥याएको योगदानको कदर गर्दै  विज्ञापनदाता तर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डावर नेपाल, बोटलर्स नेपाल लिमिटेड  (कोकाकोला), शंकर ग्रुप, जाउलाखेल गु्रप अफ इन्डस्ट्रिज, एनआईसी एसिया बैक लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञापन एजेन्सी तर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि सचिव डा. वैकुण्ठ अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष सोम प्रसाद धिताल संयुक्त रुपमा सम्मानित सस्थाका प्रतिनिधिहरुलाई अवार्ड्सबाट सम्मान गरिएको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .