कारोबार


सनराइज बैंकद्वारा जुम्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम सुरु

सनराइज बैंकद्वारा जुम्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम सुरु

नेपालखबर
पुस १८, २०७९ सोमबार २१:३९, काठमाडौँ

सनराइज बैंक लि.ले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

उद्योग वाणिज्य भवन जुम्लामा आयोजित एक कार्यक्रमकाबीच बैंकका कार्ड तथा ई-बैंकिङका प्रमुख मनोज घिमिरे, ब्राण्ड व्यवस्थापन तथा सि.एस.आर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडक प्रसाद देवकोटाको उपस्थितीमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो।

सो वित्तीय साक्षरता कार्यक्रममा १२० विद्यार्थी र स्थानीय जनताको सहभागिता रहेको थियो।

अहिलेको समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न बैंकले डिजिटल साक्षरता कार्यक्रमको सुरुवात जुम्लाबाट गरेको बैंकले जनाएको छ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मिस्डकल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी लगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने तथा सुरक्षित बैंकिङ कसरी गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो।

सनराइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad