ad ad

कारोबार


पोल भाडा ७०० प्रतिशतसम्म बढेको भन्दै इन्टरनेट सेवा प्रदायक विरोधमा

पोल भाडा ७०० प्रतिशतसम्म बढेको भन्दै इन्टरनेट सेवा प्रदायक विरोधमा

नेपालखबर
पुस १८, २०७९ सोमबार १६:४०, काठमाडौँ

विद्युत प्राधिकरणले ७०० प्रतिशतसम्म पोल भाडा बढाएको बताउँदै इन्टरनेट सेवा प्रदायक विरोधमा उत्रिएका छन्। प्राधिकरणले बढेको भाडा बुझाउन दबाब दिँदै लाइन काट्न थालेको व्यवसायीले आरोप लगाएका छन्। 

प्राधिकरणले बढाएको भाडादरको असर उपभोक्तामा पर्ने भएकाले बढेको भाडा तिर्न नसक्ने इन्टरनेट सेवा प्रदायकले बताएका छन्। 

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले राज्यको अंग विरूद्व आन्दोलन गर्नु दुःखद रहेको बताए। उनले विद्युत पोलको प्रयोग ९० प्रतिशत विद्युतले र १० प्रतिशत अन्य निकायले गर्ने बताए। 

‘हामी फ्रीमा पाउनुपर्छ भन्ने छैन,’ पराजुलीले भने,‘तर एकैपटक ७०० प्रतिशतसम्म तिर्न सकिँदैन।’

भायोनेटका सञ्चालक विनय बोहोरा इन्टरनेट खाद्यान्य, खानेपानी जस्तै अत्यावश्यक रहेको ठाउँमा विद्युत प्राधिकरणले निचोर्न थालेको बताए। 

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको डाटा सेन्टर, ओप्रेसन पोइन्टमा विद्युत लाइन काट्न थालेको आरोप लगाएका छन्। प्राधिकरणले इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्न थालेको उनीहरुकाे गुनासो छ।

आवश्यक इन्टरनेट सेवा अवरोध गरी रहँदा उत्पन्न परिस्थितीको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने इन्टरनेट व्यवासायीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .