ad ad

कारोबार


अर्थतन्त्र काबुबाहिर पुगिसकेको छैन, सावधानीपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल

अर्थतन्त्र काबुबाहिर पुगिसकेको छैन, सावधानीपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल

नेपालखबर
पुस १३, २०७९ बुधबार १७:८, काठमाडौँ

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने पनि बताए। 

पत्रकारहरुसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरे। 

उनले भने ‘अर्थतन्त्रको स्थिति काबू बाहिर पुग्यो भन्ने होइन। समस्याहरु धेरै छन्। त्यसमा केही मिसह्याण्डलिङ पक्कै भएको हो। यद्यपि सावधानिक रुपमा ठिक ढंगले अघि बढ्यौं भने हामीले चाँडै सुधार गर्न सक्छौं।’ 

उनले थपे ‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु। बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रैछ त्यसको महसुस मैले पनि गरिरहेको छु।’  

अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने भएकोले आर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्न मन्त्री पौडेलको भनाई छ। सबल अर्थतन्त्र निर्माणका लागि एक एक इँटा थप्दै जाने काम गर्नु पर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए। 

अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरुको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासका सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता गरे। संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सकारसँग सहकार्य गर्दै एक÷एक वटा इँटा थप्ने काम गर्न उनले आग्रह समेत गरे। 

भेटघाट कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नवनियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको सुभकामना दिँदै अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेश गरे। यस्तै, अर्थ मन्त्रालयमा पत्रकारहरुले सूचना प्राप्त गर्न कठिन भएकाले रियल टाइममै सूचना उपलब्ध गराइदिन आग्रह गरे। 

अध्यक्ष ढकालले भने, ‘अर्थमन्त्रालयले मासिक रुपमा सार्वजनिक गर्ने बुलेटिन सार्वजनिक गर्न छोडेको छ, त्यसलाई समयमै प्रकाशन गर्नु आवश्यक छ। मन्त्रालय प्रविधिको प्रयोगबाट सार्वजनिक महत्वका सूचना र तथ्यांक दिनु जरुरी छ भने पत्रकार भेटघाटलाई नियमित गर्नुपर्छ।’

पत्रकारहरुको क्षमता विकासको लागि अर्थमन्त्रालयले आगामी दिनमा कार्यतालिका नै बनाएर काम गर्न उनले आग्रह गरेका थिए। त्यसका लागि नाफिज सरोकारावाला संस्थासँग समन्वय गर्न तयार रहेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .