ad ad

राजनीति


ज्योतिषले दिएको साइतमै बालुवाटार सरे प्रधानमन्त्री

ज्योतिषले दिएको साइतमै बालुवाटार सरे प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०७९ बुधबार १७:२६, काठमाडौँ

ज्योतिष टीकाराम घिमिरले दिएको साइतमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमे रहेका प्रचण्ड ज्योतिष घिमिरले दिएको बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरेका हुन्। 

अर्कातिर निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि घिमिरेले दिएकै साइतमा बुधबार बिहान बालुवाटारबाट धुम्बाराही सरिसकेका छन्। 

बूढानीलकण्ठस्थित घर मर्मत भइरहेकाले देउवाले धुम्बाराहीस्थित भाडाको घरमा आफ्नो अस्थायी डेरा बनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .