कारोबार


मर्जरपछि सूर्यज्योति तेस्रो ठूलो बीमा कम्पनी

मर्जरपछि सूर्यज्योति तेस्रो ठूलो बीमा कम्पनी

नेपालखबर
पुस १२, २०७९ मंगलबार २०:२५, काठमाडौँ

सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ मर्जरको उद्घाटन गरेको छ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो।

असार १२ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको कम्पनीले जनाएको छ।

मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी रु ४.५४अर्ब पुगेको छ। यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ  एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवन बीमाकोष रु २२ अर्ब, लगानी रु २८ अर्ब र कुल शाखा संख्या १८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६७५ पुगेको छ।

एक उज्जवल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत,अझ सवल र अझ विशाल उपस्तिथी सूर्यज्योतिको हुने कम्पनीको विश्वास छ। सूर्य र ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एकभई अगाडि बढ्ने कम्पनीको अठोट रहेको जनाएको छ। 

उद्घा‍टन समारोहलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए। उनले कम्पनीको यस उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिने प्रतिकृया दिएका थिए।

जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए। साथै अध्यक्ष सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको बताएका छन्।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचे अनुसार जटिल नभएको बताए। मर्जरकका क्रममा दुबै पक्षले निष्पक्ष रुपमा काम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रष्ट पारे। 

मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए।

दुवै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे। सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ वर्षको छोटो समयमै आफूलाई  अव्वल साबित गरेको ज्योतिलाइफ कम्पनि  बीच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ।

मर्जरपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्ने र कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको सीईओ खत्रीले बताए। 

सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले, कम्पनीको प्रगति तथा सफलताको कामना दिनुका साथै आ आफ्ना तर्फ बाट शुभकामना व्यक्त गरे। साथै कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन्।

कम्पनीले एकीकृत कारोबार सुभारम्भ भएको दुई दिनमै एक हजार भन्दा धेरै पोलिसी जारी गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad