ad ad

कारोबार


सेञ्चुरी बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच ग्राहकलाई उपचारमा छुट दिने सम्झौता

सेञ्चुरी बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच ग्राहकलाई उपचारमा छुट दिने सम्झौता

नेपालखबर
पुस १, २०७९ शुक्रबार १५:२३, काठमाडौँ

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो। थ्रिडी सीआरटी सेवा, आईएमआरटी सेवा, भीएमएटी सेवालगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ। 

उक्त सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनी कुमार झा र बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका थिए।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .