कारोबार


सनराइज बैंकका ग्राहकलाई विश्वज्योति सिनेप्लेक्समा दुई टिकट किन्दा एउटा निःशुल्क

सनराइज बैंकका ग्राहकलाई विश्वज्योति सिनेप्लेक्समा दुई टिकट किन्दा एउटा निःशुल्क

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १७:४०, काठमाडौँ

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहकहरुको लागि सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेको छ। 

यसअनुसार सनराइज बैंकको ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको हो। पुस १ देखि तीन महिनासम्म सञ्चालन गरिने यो योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्। 

योजनामा समावेश हुन ग्राहकहरुले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। सनराइज बैंकले केही वर्षअगाडि पनि क्युएफएक्स सिनेमाजको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो । 

सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिँदै आएको छ। 

यस अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने लाभले अभैm बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad