कारोबार


द ब्रिटिस कलेजको दोस्रो दीक्षान्त समारोह

द ब्रिटिस कलेजको दोस्रो दीक्षान्त समारोह

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १७:४४, काठमाडौँ

द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ। 

यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तिर्ण एमएससी आईटीका विद्यार्थीहरु र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तीर्ण विद्यार्थीहरु दीक्षित भएका हुन्। सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। 

द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दियो बालेर दीक्षान्त समारोहको उद्घाटन गरेका थिए। साथै उनले स्वागत मन्तव्य दिएका थिए। 

उनले भने, ‘यस वर्षको पहिलो दीक्षान्त कार्यक्रममा धेरै विद्यार्थीहरु उपस्थित हुन पाएका थिएनन्। यो महत्वपुर्ण समारोहमा विभिन्न तरिकाले जोडिन म आव्हान गर्दछु। कोही लामो दुरी पार गरेर आउनु भएको छ भने कतिपयले नेपालभित्रैबाट हामीलाई सहयोग गर्नुभएको छ। भिडियो लिंकमार्फत हामीसँग जोडिन म आग्रह गर्दछु।’

कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। औद्यागिक सल्लाहकार बोर्डका सदस्यहरु वीरेन्द्र राज पाण्डे र प्रचण्डमान श्रेष्ठ उपस्थित रहेका थिए। ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए। त्यस्तै बिबिएबाट दीक्षित भएका निरज प्रताप शाह, एमएसई आइटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए।    

द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ‘विद्यार्थीहरुलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मिहिनेतलाई सम्झन चाहन्छु। यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ।’

ठुलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीहरुलाई बधाई र शुभकामना दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad