विद्युतीय कारोबारलाइ प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरेको छ।
यसअनुसार हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट पाइने भएको हो।
छुट अफरअन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अर्थात् अधिकतम १ सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।
स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।
मंसिर १६, २०७९, शुक्रबार
प्रतिक्रिया