रेमिट्यान्स आप्रवाह बढेको छ। गत आर्थिक वर्षको तीन महिना र चालू आर्थिक वर्षको तीन महिनाको तुलना गर्दा १६.८ प्रतिशतले वृद्धि भएको हो।
साउन, भदौ र असोज महिनामा २ खर्ब ८१ अर्ब ५ करोड नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो।
चालू आर्थिक वर्षको तीन महिनामा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १,४७,९३२ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।
Shares

प्रतिक्रिया