एक महिनामै विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ।
भदौ महिनाको तुलनामा असोजमा विदेशी मुद्रा सञ्चिति ५७ अर्ब रुपैयाँले बढेको हो।
भदौ मसान्तसम्ममा ११ खर्ब ८९ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेकोमा असोज मसान्तसम्म आइपुग्दा १२ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ।
आर्थिक वर्ष २०७९/८० को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले बताएको छ।
66
Shares

प्रतिक्रिया