ad ad

कारोबार


दोस्रो दिन महानगरले हटायो २६० वटा होर्डिङ बोर्ड

दोस्रो दिन महानगरले हटायो २६० वटा होर्डिङ बोर्ड

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १२:८, काठमाडौँ

काठमाडौँ महानगरभित्र रहेका अनधिकृत परिचयपाटी हटाउने क्रमको दोस्रो दिन २६० वटा बोर्ड हटाइएको छ। 

पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए। 

मध्य क्षेत्रअन्तर्गत पुतलीसडकबाट ४३ वटा, उत्तर क्षेत्र महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र पश्चिम क्षेत्र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाइएको छ । 

पहिलो दिन पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४ वटा गरी २७५ वटा सामग्री हटाइएको थियो । 

३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ । एकभन्दा बढी बोर्ड भए, ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको छ । 

यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन् । उनीहरुले भ¥याङ्, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई हेल्मेट, पञ्जालगायत व्यक्तिगत सुरक्षाका साधन उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .