कारोबार


यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १६:१२, काठमाडौँ

लिभिङ विथ आईसीटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न भएको छ। 

शनिबार अपराह्नन स्टार्टप एण्ड आईडिया फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरू भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको उपस्थिति रहेको थियो । 

त्यस्तै कार्यक्रममा अतिथिको रूपमा नेपाल दूरसञ्चार प्राधिकरणका डेपुटी निर्देशक प्रदिप पौडेल, नेपाल टेलिकमका अग्नि घिमिरे, यार्सा ल्याब्सका एनजे सुवेदी र शुशिल भन्डारी, नजेल एक्सपर्ट हेमपाल श्रेष्ठ, इन्फोडेभलपर्सका रेशम भन्डारी, स्मार्ट क्युआरका सुवोध गौतम, स्टिम क्याम्पका संयोजक सुशिल भट्टराई लगायतको सहभागिता रहेको थियो। 

समापन कार्यक्रममा बोल्दै पूर्व मन्त्री साहले नयाँ नयाँ इन्नोभेसन र आईडियाले देशलाई जोड्ने बताए। नेपालको व्यापार घाटाको सन्दर्भलाई जोड्दै उनले डिजिटल अर्थतन्त्रलाई निर्यातमुखी बनाउनु पर्ने धारणा राखे। 

डिजिटल अर्थतन्त्र निर्यातमुखी बनाए त्यसले नेपालको व्यापार घाटा कम गर्ने उनको भनाइ छ। 

त्यस्तै कार्यक्रममा नलेज एक्सपर्ट श्रेष्ठले स्टार्टअप एण्ड आईडिया फेस्टलाई सफलतापूर्वक समापन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। सातै प्रदेशमा गएर युवाहरूका इन्नोभेटिभ आईडिया छनोट गरेर काठमाडौं ल्याएको समेत उनले जानकारी दिए। 

कार्यक्रममा सहभागी २ जनाले आफ्नो अनुभव समेत शेयर गरेका थिए। मधेश प्रदेशबाट आफ्नो अनुभव शेयर गर्दै सञ्चित पन्तले स्टार्टअपको विकासका लागि स्टार्टअप एण्ड आईडिया फेस्ट एउटा राम्रो कदम भएको बताइन्। 

त्यस्तै गण्डकी प्रदेशबाट आफ्नो अनुभव सेयर गर्दै एक्सडिजोका संस्थापक दिनेश थापाले सूचना प्रविधिको विकास र विस्तार गर्न फेस्टले महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै यसअघि भएको ३ दिनको बुटक्याम्पले आफ्नो स्टार्टअपलाई अझै माथि लैजाने धेरै कुरा सिकाएको उनको भनाइ छ। 

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट १५ हजार बढीले अवलोकन गरेका छन्। 

समापन कार्यक्रममा बोल्दै नेपाल टेलिकमका घिमिरेले स्टार्टअप र इन्नोभेसनको विकासका लागि यस्ता कार्यक्रमलाई टेलिकमले सधैं सहयोग गर्ने जानकारी दिए। 


कार्यक्रममा यार्सा ल्याब्सका प्रबन्ध निर्देशक सुशिल भट्टराईले फेस्टमा भएका आईडिया र स्टार्टअपले नेपालको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। 

त्यसैगरी समापनमा बोल्दै प्राधिकरणका डेपुटी निर्देशक पौडेलले सरकारले गर्न नसकेको काम लिभिङ विथ आइसिटीले गरेको बताए। उनले सेवा पुगेर त्यसको समुचित प्रयोग भएमा मात्रै देशमा आइसिटीको विकास हुने बताए। 

२ दिनसम्म चलेको फेस्टमा निस्शुल्क प्रवेशको व्यवस्था गरिएको थियो। फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आईडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२  सहित १०० बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए। 

कार्यक्रममा आईसीटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ गर्न सकिने व्यवस्था गरिएको थियो। रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि उक्त विद्युतीय भोटिङ मेसिन राखेको छ। 

द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्यमा यसका अतिरिक्त स्टिम क्याम्प र एस्टोरोइड वर्कशप पनि आयोजना भएको थियो। 

फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भएको आयोजकले जानकारी दिएको छ। 

कार्यक्रमलाई समापन गर्दै समापन शत्रका अध्यक्ष लम्सालले स्टार्टअपको विकास र विस्तारमा सहयोग गर्न स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको बताउँदै सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद दिए। नेपालको डिजिटल इकोसिस्ट विकास गर्न आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्ने पनि उनले प्रतिवद्धता जनाए। 

यस कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad