कारोबार


एफवान सफ्टले विकास गर्‍यो युज मोबाइल डटकम

मोबाइल बैंकिङ्ग प्रयोग गर्न अझ सक्षम बनाउने प्लेटफर्मको निर्माण
एफवान सफ्टले विकास गर्‍यो युज मोबाइल डटकम

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १७:३८, काठमाडौँ

एफवान सफ्ट इन्टरनेशनले युज मोबाइल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ। 

यस वेबसाइटले मोबाइल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्ने कम्पनीले जनाएको छ। वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामाग्री) छन् र तिनिहरुको प्रयोगको बारेमा जान्न चाहने कुनैपनि ग्राहकले वेबसाइटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल (सन्दर्भ सामाग्री) हेर्न सक्छन् । 

वेबसाइटमा मोबाइल बैंकिङ्ग सम्बन्धी नवीनतम तथ्य, तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिन्छ । युज मोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनलद्वारा मोबाइल बैंकिङ्गको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ्ग र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ । 

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले मोबाइल बैंकिङ्गको ठूलो सम्भावना रहेको बताउँदै कम्पनी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढी परिचित गराउन लागिपरेको बताए। 

उनले भने, ‘मोबाइल बैंकिङ्गको प्रयोगमा धेरै वृद्धि देखिरहेको छ र हामी आशा गछौँ कि युज मोबाईल बैंकिङ्ग डट कमले मोबाईल बैंकिङ्ग प्रयोग गर्न सहज बनाउन मद्धत गर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad