समाज


दुई किशोरीलाई अपहरण गरी १३ जनाले गरे बलात्कार, नौ जना पक्राउ

दुई किशोरीलाई अपहरण गरी १३ जनाले गरे बलात्कार, नौ जना पक्राउ

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १७:४३, काठमाडौँ

रुपन्देहीको कञ्चन गाउँपालिकामा १५ र १६ वर्षका दुई किशोरीलाई अपहरण गरी सामुहिक बलात्कार भएको छ। 

यही कात्तिक १६ गते राति कञ्चन गाउँपालिकामा भएको साँस्कृतिक कार्यक्रम हेरी फर्कने क्रममा ति किशोरीलाई १३ जनाले अपहरण गरी बलात्कार गरेका प्रहरीले जनाएको छ।

दाजुहरुसँगै सांस्कृतिक कार्यक्रम हेरी रातको सबा एक बजे घर फर्कने क्रममा मोटरसाइकलमा आएका १२/१३ जनाको समूहले हतियार देखाई किशोरीहरुलाई अपहरण गरेका थिए।

३ वटा मोटरसाइकलमा आएका अपहरणकारीले पीडित किशोरीका दाजुहरुलाई घरेलु धारिलो हतियार (दाउ/हँसिया) ले आक्रमण गरी घाइते बनाइ किशोरीलाई अपहरण गरेको प्रहरीले जनाएको छ। 

सो मध्ये ६ जनाको समूहले १६ वर्षीया नाबालिकलाई कञ्चन गाउँपालिका २ स्थितको गोफ्लापुर स्थितको कुडियाखोला स्थितको कञ्चन खोलाको एकान्त किनार बगरमा लगि पालैपालो हातखुट्टा समाई जबरजस्ती करणी गरेका थिए। त्यसक्रममा नाबालिक चिच्याएपछि गाउँलेहरुले थाहा पाइ प्रहरीलाई खबर गरेका थिए। 

रातको करिब १ः३० बजे प्रहरी पुग्दा समूहका ६ जना ब्यक्तिहरु पीडितलाई सोही स्थानमा छाडी खोलैखोला भागेका थिए भने पीडित बालिकाको तत्काल उद्दार गरी प्रहरीले संरक्षणमा लिएको थियो। 

एकै ठाउँबाट अपहरणमा परेका बालिका मध्ये एकजना मात्र बालिका फेला परेकोमा अर्की १५ वर्षिया नाबालिकालाई प्रहरीले खोजतलास गर्ने क्रममा पहिलेको घटनास्थलबाट करिब २ किलोमिटर उत्तरमा रहेको देउराली सामुदायिक बनको घनाजंगलमा फेला परेकी थिइन्।

उनलाई पनि ७ जनाले पालैपालो जबर्जस्ती करणी गरिरहेको अवस्थामा बालिका रोई चिच्याईरहेको सुनी प्रहरी समेतले खोजतलास गर्दै जाने क्रममा पीडित बालिकालाई एक्लै फेला पारी उद्दार गरेको थियो। 

घटनामा संलग्न मानिसहरु तत्कालै जंगलैजंगल हुँदै फरार भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

घटनामा संलग्न फरार व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डी, रुद्रपुर र सूर्यपुराको संयुक्त प्रहरी टोलीले रुपन्देही जिल्लाका विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कुडियाचौर स्थित कञ्चन खोलाको बगरमा अपराध गर्नेहरु रुपन्देही सैनामैना नगरपालिका–११ वनकट्टी वस्ने वर्ष १९ पदम कार्की, वर्ष १६ को परिवर्तित नाम एनटी, रुपन्देहीकै गैँडहवा गाँउपालिका–८ मैनिया दुर्गामन्दिर वस्ने वर्ष १८ को राहुल परियार र वर्ष १७ को परिवर्तितन पिएम रहेका छन्।

यस्तै, देउराली सामुदायिक वनमा भएको अपराधमा संलग्न रुपन्देहीको सैनामैना नगरपालिका–११ वनकट्टी वस्ने वर्ष १८ को बबि पाण्डे, वर्ष १५ को  परिवर्तित नाम एसबि, गैँडहवा गाँउपालिका–८ मैनिया दुर्गामन्दिर वस्ने वर्ष २६ को राम बहादुर विक, वर्ष १६ को परिवर्तित नाम ए पस र वर्ष १४ को परिवर्तित नाम एस एस रहेका छन्। 

उनीहरुको साथबाट प्रहरीले लु १३ प ९३८ नंबरको पल्सर १५० सीसी मोटरसाइकल, लु १७ प ८७७७ नं को १२५ सीसी डिस्कभर मोटरसाइकल र लु ३४ प ४१९५ नं को १२५ सीसी सुपर स्पेलेन्डर मोटरसाइकल बरामद गरेको छ। यस्तै, २ थान स्क्रिन टच मोबाइल पनि प्रहरीले बरामद गरेको छ। 

पक्राउ परेकाहरुलाई अपहरण र करणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए।

सो समूहमा गैँडहवा गाँउपालिका–८ मैनिया दुर्गामन्दिर वस्ने वर्ष २६ को राम बहादुर विक मुख्य योजनाकार रहेको प्ररहीले जनाएको छ। 
अपहरण र सामुहिक जबरजस्ती करणीमा १३ जना व्यक्तिहरुको समूह संलग्न रहेकोमा हालसम्म ९ जना पक्राउ परेका र अन्य व्यक्तिहरुको खोजी भैरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad