ad ad

कारोबार


युनिलिभरले  प्रतिकित्ता १२ सय लाभांश बाँड्ने

युनिलिभरले  प्रतिकित्ता १२ सय लाभांश बाँड्ने

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ११:३५, काठमाडौँ

युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १ हजार २ सय १५ रुपैयाँ नगद लाभांश दिने भएको छ।

बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ। 

बैठकले प्रस्तावित लाभांशको लागि ४ मंसिरदेखि २० मंसिरसम्म बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। 

आर्थिक वर्ष २०७७/७८ को मुनाफााबाट प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो। 

लाभांश वितरणको लागि साधारणसभाले समेत पारित गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .