ad ad

कारोबार


नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ११:४९, काठमाडौँ

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभाँश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ। 

लाभग्राहीले लाभांश नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश आजै सुरक्षित गरिसक्नुपर्ने भएको हो। 

योजनाका लाभांश वितरणको लागि कम्पनीले भोलि कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुने कम्पनीले जनाएको छ। 

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । 

यसैगरी नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। 

साथै नबिल म्यूचल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड  ५० लाख इकाइ भएको खुल्लामुखि योजनाको इकाइहरुको यही कात्तिक २३ देखि बिक्री खुला गरेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .