सरकारी खर्च धान्न नेकपा एकीकृत समाजवादीले करको दायरा बढाउने भएको छ।
घोषणापत्र सार्वजनिक गर्दै आन्तरिक राजस्वबाट सरकारी खर्चको ८० प्रतिशतभन्दा बढी हिस्सा व्यहोर्नसक्ने गरी दायरा बढाउने भएको हो।
एकीकृत समाजवादीले नागरिकहरूलाई कर तिर्ने बानी बसाल्न प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कर नतिर्ने, कर छल्ने तथा अधिविजकीकरण र न्यून बीजकीकरण गर्नेमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएको छ।
सरकारी फजुल खर्च नियन्त्रण गरी प्रशासनिक खर्च कटाउन, साधारण खर्च कम गर्ने र विकास खर्च (पुँजीगत खर्च) बढाउन पहल गरिने घोषणा गरेको छ।
21
Shares
प्रतिक्रिया