ad ad

राजनीति


भारतसँगको असमान सम्झौता पुनरावलोकन गर्ने समाजवादीको योजना

भारतसँगको असमान सम्झौता पुनरावलोकन गर्ने समाजवादीको योजना

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १३:३८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले भारतसँग गरिएको सन् १९५० को लगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गरिने घोषणा गरेको छ। 

एकीकृत समाजवादीले चुनावी घोषणा पत्रमार्फत् भारतसँग गरिएका सन्धि–सम्झौता पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गर्न पहल गरिने जनाएको छ। 

‘भारतसँग गरिएको सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गर्न पहल गरिने छ,’ स्वतन्त्र, असंलग्न र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध शीर्षक राखेर घोषणा पत्रमा भनिएको छ, ‘सीमा समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि कूटनीतिक पहल गरिने छ।’

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई अस्वीकार र एकीकृत समाजवादीले दलाली र आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गरिने पनि बताएको छ। 

एकीकृत समाजवादीले छिमेकी राष्ट्रसहितका मित्रराष्ट्रहरूसँगको आपसी सम्बन्धलाई मजबुत बनाउँदै आर्थिक कूटनीतिमा विशेष जोड दिइने जनाएको छ। 

‘राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै छिमेकी एवं सबै मित्रराष्ट्रहरूसँग पञ्चशील र असंलग्नताका सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रअनुरूप सुमधुर सम्बन्ध कायम गरिने छ,’ घोषणा पत्रमा भनिएको छ। 

विश्वशान्ति, मानवता, सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई विस्तार गर्दै नेपालको विकास र नेपाली जनताको समृद्धिमा योगदान पुर्‍याउने गरी अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिलाई व्यवस्थित गर्न पहल गरिने घोषणा पत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .