ad ad

कारोबार


प्राधिकरणको कटौतीले दिल्ली उडान रोकियो, भैरहवाबाट उडान गर्नुपर्ने सर्त

प्राधिकरणको कटौतीले दिल्ली उडान रोकियो, भैरहवाबाट उडान गर्नुपर्ने सर्त

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १६:३७, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई भैरहवाबाट उडान नथालेको भन्दै निगमको दिल्ली उडान कटौती गरिदिएको छ। निगमले हप्तामा १४ वटा उडान गर्दै आएकोमा १० वटा मात्रै गर्न अनुमति दिएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टुबर ३० देखी मार्च २७ सम्मको तालिकामा उडान कटौती गर्दा नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिएको छ। नेपाल एयरलायन्सले पहिला नै टिकट काटी यात्रुको बोर्डिङ गरिसकेको अवस्थामा समेत दिल्ली उडान रोकिदिएको छ। 

त्रिभुवन विमानस्थलका महाप्रबन्ध प्रेम ठाकुरले नेपाल एयरलाइन्सले उडान अनुमति नल्याउँदा बोर्डिङ गरेको जहाज रोकिएको बताए। 

‘उडान अनुमति नभएको जहाज त जो सुकैको पनि रोकिन्छ,’ ठाकुरले नेपालखबरसँग भने,‘नेपाल एयरलाइन्सको उडान १० वटा मात्रै भएको छ। पुरानो तालिका अनुसार उडान गर्न पाइदैन।’

नेपाल एयरलाइन्सकी निर्देशक अर्चना खड्काले प्राधिकरणले उडान तालिका कटौती गर्दा उड्न लागेको जहाज रोकिएको बताइन्। 
‘हामीले अहिले १४ वटा उडान गरिरहेका थियौं,’ खड्काले भनिन्,‘त्यहिअनुसार हामीले टिकट काटेका थियौं। तर प्राधिकरणले उडानको अनुमति दिएन। समन्वय गरिरहेका छौं।’

उनले नेपाल एयरलाइन्सको विजनेस दिल्ली–काठमाडौं रहेको बताउँदै १४ वटै उडानकोलागि समयन्वय भैरहेको बताइन्। 
‘नेपाल एयरलायन्सको दिल्ली उडान कटौतीगर्दा आम्दानी घट्छ,’ खड्काले भनिन्,‘गौतमबुद्ध विमानस्थलमा जानकोलागि तयारी गरेपनि समय लाग्छ। टीआईए बाटै उडान गर्नु पर्छ।’

खड्काले प्राधिकरणले गौतमबुद्ध विमानस्थलमा उडान गर्न पत्र काटेको बताउँदै त्यसको तयारी भैरहँदा उडान कटौती गरेको बताइन्। 
‘प्राधिकरणले गौतम बुद्धबाटै उडान गर्नुपर्छ भनेर सर्त नै अघि नसारेपनि काठमाडौंका उडान गौतमबुद्ध विमानस्थलबाट गर्न पत्र काटेको छ,’ उनले भनिन्,‘हामीसंग सिमित जहाज छौं। त्यसको तयारी गरिरहेका छौं।’

नेपाल नागरिका उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले अघिल्लो हप्ता हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले भैरहवाबाट उडान नगरे त्रिभुवन विमानस्थलमा सेवा विस्तार गर्न नदिने बताएका थिए।

नेपाल एयरलाइन्स र हिमालयले भैरहवाबाट अनिवार्य उडान गर्नैपर्ने

प्राधिकरण उडान अनुमति शाखाका ज्ञानेन्द्र भुलले २३ अक्टुबरमै उडान तालिका निगमलाई पठाएको बताउँदै एयरलाइन्सको ठगि भएको बताए। 

‘आजको आजै तालिका नदिएको होइन्। २३ अक्टुबरमा तालिका दिएका थियौं,’ भुलले भने,‘हामीले अनुमति नदिएको उडानमा टिकट काट्नै पाइँदैन।’

उनले नेपाल एयरलाइन्सको मात्रै नभई त्रिभुवन विमानस्थलका ३ भन्दा बढी उडान गर्ने सबैका उडान भैरहवा स्थान्तरण गरिएको बताए। 

‘हामीले उडान कटौती गरेको भन्न मिल्दैन।  नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका १० प्रतिशत उडान भैरहवाबाट गर्न भनेका छौं,’ भुलले भने,‘डिसेम्बर १५ पछि त्रिभुवन विमानस्थलमा ३ भन्दा बढी उडान गर्नेले एउटा उडान भैरहवाबाट गर्नै पर्छ।’

उनले गौतमबुद्ध विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भैसकेको अवस्थामा समेत एयरलायन्स जानै पर्ने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .