कारोबार


होटल रेष्टुरेन्टले अब भ्याट जोड्न नपाउने

होटल रेष्टुरेन्टले अब भ्याट जोड्न नपाउने

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १३:५८, काठमाडौँ

होटल रेष्टुरेन्ट तथा बार व्यवसायीले उपभोक्ता मूल्यमा भ्याट जोड्न नपाउने भएका छन्।

भ्याटमा दर्ता भएको होटल रेष्टुरेन्टले मेनु भन्दा बाहेक भ्याट जोडेर लिने गरेकोमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्यसलाई रोक्न भनेको हो। 

विभागले प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको गुनासोमा ध्यानाकर्षण भएको जनाएको छ। 

विभागले भनेको छ, ‘होटल रेष्टुरेन्टले वस्तु वा सेवाको मूल्यमा मेनुमा एउटा मूल्य उल्लेख गर्ने र त्यस्तो वस्तु वा सेवा उपभोग पश्चात विजक  जारी गर्दा भ्याट थपेर उपभोक्तालाई तिर्न बाध्य पार्ने विषयमा ध्यानाकर्षण भएको छ।’

विभागले करसहितको मूल्य मेनुमा राख्न भनेको छ। 

विभागले जारी गरेको विज्ञप्ति अनुसार सबै होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीले आ–आफ्नो उपभोक्ता मेनुमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकमसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्न र उल्लेख भएका भन्दा बाहेकको मूल्य नलिन व्यवसयीलाई निर्देशन दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .