ad ad

कारोबार


पल्सरका २ मोडल नेपालमा सार्वजनिक, यस्ता छन् विषेशता

पल्सरका २ मोडल नेपालमा सार्वजनिक, यस्ता छन् विषेशता

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ११:२, काठमाडौँ

पल्सरको नयाँ मोडलका बाइक एन २५० र एन १६० नेपाली बजारमा सार्वजनिक भएका छन्। 

बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड को प्रालिले सार्वजनिक गरेको हो। 

पावर र पर्फर्मेन्स युक्त स्पोर्टी लुक भएको मोटरबाइक रुचाउने युवा पुस्तालाई लक्ष्य गरी बाइक सार्वजनिक गरिएको हो। 

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ७० भन्दा बढी देशमा गरेर पल्सर विश्वव्यापी रूपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको बताए।

उनले नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रका लागि नयाँँ मापदण्ड खडा गरेको दाबी गरे। 

पल्सर नेपालमा सन् २००१ का लन्च भएको थियो। २००९ मा २२० लन्च भयो। गोल्छाले हाल सार्वजनिक गरिको एन २५० र १६०  नयाँ प्लेटफर्ममा निर्माण गरिएको जानकारी दिए। 

स्पोर्टस टेक थिममा पल्सर एन २५०
मोडर्न एरो डाइनामिक डिजाइन र शार्प युनिबडी जेस्चर भएको पल्सर एन २५०  आकर्षक छ।  यसको स्याटन ग्रे फिनिस एग्जस्ट र चौडा टायरले यसलाई झनै स्पोर्टी र स्टाइलिस लुक दिएको छ।

नयाँँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँँ प्रिमियम मेटालिक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ। एन्जिन कभरमा प्रयोग गरिएको डिप कपरले यसलाई झनै आकर्षक बनाएको छ। 

२५० सीसीको डीटीएसआई ओइल कुल्ड एनजिनले २४.५ को पीएसको स्मुथ पावर र २१Þ५ एनएमको टर्क  जनेरेट गर्छ। 

यसको सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रश पनि दिन्छ। साथै यसको निम्बल फुटेड ह्यान्डिलङ र सुविधाजनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउँछ। 

पल्सर एन २५० बाइकको मूल्य ४ लाख ८९ हजार रुपैयाँ छ। 

डुअल च्यानल एबिएस् सिस्टम सहित पल्सर एन १६० 
पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको यो पल्सर एन १६० मा डुअल च्यानल एबीएस सिस्टम प्रयोग गरिएको छ जुन यसभन्दा अगाडिको मोडलमा प्रयोग गरिएको थिएन। 

मोटरसाइकलमा १६५ सीसी बीएस ६ एन्जिन, एलईडी प्रोजेक्टर हेड्ल्याम्प छन्।  स्पोर्टी लुक भएको बाइकले ८ हजार ७५० आरपीएममा १६ पीएसको पावर र ६ हजार ७५० को आरपीएममा १४.६५ एनएमको टर्क निकाल्न सक्छ। 

सुधारिएको पिकअपका लागि ८५ प्रतिशतसम्म पिक टर्क उपलब्ध रहेको दाबी कम्पनीले गरेको छ। यसले ४ भल्भ एन्जिन भएको पल्सर एनएस १६० सीसीभन्दा १.२ बीएचपी कम पावर निकाल्छ। यसमा ५ स्पिडको गियर बक्स छ। 

मोनो शक रियर सस्पेन्सन, एलईडी प्रोजेक्टर हेडल्याम्प, अन्डर बेली एग्जस्ट सिस्टम युक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ। साथै यसमा पल्सर एन २५० कै जस्तै फुएल ट्यान्क एक्स्टेन्सन, स्प्लिट सिट, एलोइ ह्विल र टेल लाइट राखिएको छ।  यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क छ। 

साथै यसमा यु ईशा बी चार्जिङ पोर्ट, १४ लिटरको फुएल ट्यान्क र गियर पोजिसन, समय, फुएल एकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्रुमेन्ट पनि छ।

एन १६० को मूल्य ३ लाख ७९ हजार रुपैयाँ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .