कारोबार


मी सँग तिहार : १२ दिन १२ टिभी

मी सँग तिहार : १२ दिन १२ टिभी

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १४:१२, काठमाडौँ

शाओमीले २०७९ को तिहारका अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफरहरु ल्याएको छ। 

कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ‘मी टीभी ४ए प्रो ३२’ जित्ने मौका पाउनेछन्।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं। तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं। यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टिभी जित्ने अफर ल्याएका छौं।’

अफर अन्तर्गत कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ग्राहकहरूले ‘मी टीभी ४ए प्रो ३२’ जित्ने मौका पाउनेछन्। लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्यूआर कोड स्क्यान वा ३१००७ मा आईएमईआई नम्बर पठाउनु पर्नेछ।

प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत ‘मी टीभी ४ए प्रो ३२’ टिभी जित्ने मौका पाउनेछन्। यो अफर कात्तिक २ देखि १३ गते सम्म मान्य हुनेछ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad