कारोबार


हङकङको पार्टनर निस्केपछि सोल्टी होटलले कमायो ३० करोड, २१ करोड लाभांश वितरण गर्दै

हङकङको पार्टनर निस्केपछि सोल्टी होटलले कमायो ३० करोड, २१ करोड लाभांश वितरण गर्दै

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १४:२१, काठमाडौँ

सोल्टी होटलबाट हङकङको पार्टनर निस्केपछि होटलले आफ्नो कारोबार सुधार गर्दै गएको छ। 

हङकङको पार्टनर होलिडे इन्स निस्केपछि गत आर्थिक वर्षमा सोल्टी होटल लिमिटेडले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

होटलले वितरण गर्न सक्ने रकमबाट यो वर्ष आफ्ना लगानीकर्ताहरुलाई समेत उच्च प्रतिफल दिने निर्णय गरेको छ। 

जसमा नगद लाभांश र बोनस सेयर गरेर कम्पनीले सेयर धनीलाई २१ करोड रुपैयाँ बराबर वितरण गर्न लागेको हो। 

कम्पनीले गत आर्थिक वर्ष ३० करोड १६ लाख खुद नाफा गरेको वित्तिय विवरण सार्वजनिक गरेको थियो। अघिल्लो आर्थिक वर्षमा २२ करोड ४९ लाख नोक्सानीमा रहेको कम्पनीले गत आर्थिक वर्षमा भने राम्रो प्रगति गरेको देखिएको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल आम्दानी २०२ प्रतिशतले बृद्धि भएको देखिएको छ।

अघिल्लो आर्थिक वर्षमा ४५ करोड ३९ लाख कुल आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा १ अर्ब ३७ करोड कुल आम्दानी गरेको वित्तिय विवरणमा उल्लेख छ। 

८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको वित्तिय विवरणले देखाएको छ। 

आज सोल्टी होटलले एक सूचना जारी गर्दै कम्पनीले सेयरधनीका लागि हाल कायम चुक्ता पुँजीको २६ दशमलव ३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।  

कम्पनीले लाभांशबाट ५ प्रतिशत बोनस सेयर र २१ दशमलव ३२ प्रतिशत नगद वितरण गर्ने उल्लेख गरेको छ। 

हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ छ। यसमा प्रस्तावित बोनस सेयर थपिँदा कम्पनीको चुक्ता पुँजी ८८ करोड ४६ पुग्नेसमेत बताएको छ। 

तर सेयरधनीलाई लाभांश वितरण गर्नको लागि साधारण सभाले पारित गर्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad