कारोबार


मंगलम इण्डस्ट्रिजद्वारा प्राविधिकहरु पुरस्कृत

मंगलम इण्डस्ट्रिजद्वारा प्राविधिकहरु पुरस्कृत

नेपालखबर
असोज ३०, २०७९ आइतबार १७:५३, काठमाडौँ

मंगलम इन्डष्ट्रिज प्रा.लिले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार वितरण सम्पन्न गरेको छ । 

प्राविधिकहरुलाई अभिप्रेरित गर्न उक्त कार्यक्रम गरिएको मंगलम पाइपले जनाएको छ ।

कार्यक्रममा गत वर्षको स्किममा प्राविधिकहरुले गरेको प्रदर्शन अनुसार पुरस्कारहरु वितरण गरिएको थियो भने स्किम अनुसारको अन्य विभिन्न उपहारहरु पनि वितरण गरिएको थियो। 

जसअन्तर्गत प्राविधिकहरुले २ वटा १२५ सिसिको पल्सर मोटरसाईकल , एउटा १५० सिसिको पल्सर जित्नुको साथै ६ जनाले ल्यापटप, १० जनाले १÷१ तोला सुन र ६ जनाले टेलिभिजन जित्न सफल भएको कम्पनीका असिस्टेन्ट भाइस प्रेसिडेन्ट सुमित शर्माले जानकारी दिए।

टेक्निसियन प्रोत्साहन कार्यक्रम (कुपन वापत) अन्तर्गत उक्त कार्यक्रम गरिएको र यस्ता किसिमका अन्य कार्यक्रम भविष्यमा पनि सञ्चालनमा ल्याइने शर्माले बताए। कार्यक्रममा उक्त क्षेत्रमा क्रियाशिल लगभग ५० जना प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad