ad ad

कारोबार


संशोधन हुँदै सगरमाथा आरोहण मापदण्ड, आराेहीकाे स्वास्थ्य अवस्था समेत हेरिने

संशोधन हुँदै सगरमाथा आरोहण मापदण्ड, आराेहीकाे स्वास्थ्य अवस्था समेत हेरिने

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ७:५२,

सगरमाथा आरोहणसम्बन्धी नियमावली तथा मापदण्डमा संशोधन हुने भएको छ। पर्यटन विभागले नियमावली तथा मापदण्ड संशोधनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको हो।

सगरमाथा आरोहण गर्दा स्वास्थ्य रिपोर्ट, खोज तथा उद्धारको इन्स्योरेन्स, कस्तो सामग्री लैजान पाउने लगायतको विषयमा संशोधनको लागि ड्राफ्ट मन्त्रालय पठाएको विभागले जानकारी दिएको छ।

‘स्पष्ट कानुन नहुँदा स–साना कुरामा धेरै समस्या हुने गरेको छ, त्यसलाई सम्बोधन गर्न मन्त्रालयमा सुझाव पठाएका छौं’, विभागकी निर्देशक मिरा आचार्यले भनिन्, ‘सगरमाथा आरोहण गर्दा धेरैको मृत्यु भएकाले केही नियमन गर्न खोजेका हौं।’

उनले सबै कानुन तत्काल बनाउने नसकिए पनि मन्त्रिपरिषदले पारित गर्ने नियमावलीका स–सना कुरा संशोधन गर्नको लागि सुझाव पठाएको बताइन्।

‘हिमाल चढ्नु एडभेन्चर्स भएकाले सबै कुरा कानुनले बाँध्न सकिन्न। तर कस्तो ट्रेनिङ लिएकालाई हिमाल चढ्न अनुमति दिने, स्वास्थ्य अवस्था कस्तो छ, इन्स्योरेन्स गरेको छ कि छैन यसका मापदण्ड केही परिवर्तन गर्न सुझाव दिएका छौं’, उनले नेपालखबरसँग भनिन्।

अहिले स्वास्थ्य उपचारको बीमा गर्दै आए पनि अब खोज तथा उद्धारलाई समेट्ने गरी इन्स्योरेन्स अनिवार्य गर्न लागेको उनको भनाइ छ।

विगत केही वर्षदेखि सगरमाथा आरोहणमा धेरैको मृत्यु हुँदा विश्वभर नै नेपालको आलोचना हुँदै आएको छ। सगरमाथालाई ‘डेथ जोन’को रुपमा चित्रित गरिएको छ।

गत वर्ष मात्रै सगरमाथा आरोहणका क्रममा नौ जनाको ज्यान गएको थियो।

हिमाल आरोहणसम्बन्धी केही अस्पष्ट कानुन हँुदा नियमन गर्न गाह्रो भएको विभागको भनाइ छ। अमादब्लाम हिमालमा अनुमतिविना कुवेतको ठूलो झण्डा फरहराउँदा कारबाही गर्न स्पष्ट कानुन नभएको विभागले स्वीकार गरेको थियो।

विभागले नियमावली तथा मापदण्ड संशोधन गर्नको लागि मन्त्रालयमा ड्राफ्ट पठाएको छ। मन्त्रालयले सम्बन्धित निकायबाट सुझाव लिई मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छ र मन्त्रिपरिषदले पास गरेपछि मात्रै कार्यान्वयनमा आउँछ।

आगामी वसन्त ऋतुसम्म केही कानुन संशोधन गरी लागू गर्न सकिने विश्वासका साथ विभागले ड्राफ्ट पठाएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .