ad ad

खेल


पीपीएलः धनगढीको विजयी सुरुवात

पीपीएलः धनगढीको विजयी सुरुवात

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ७:४४,

धनगढीका दिपेन्दसिंह ऐरी चम्किँदा एक्सपर्ट धनगढीले दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग क्रिकेट (पीपीएल) मा विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा सोमबार भएको पहिलो खेलमा धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गर्दै लिगमा सुखद् सुरुवात गरेको हो। धनगढीका लागि कसिलो बलिङ गरेका ऐरीले आफ्नो स्पेलमा १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए। सागर ढकालले २ तथा कमल सिंह ऐरी, अमित यादव र अनिल खरेलले समान १ विकेट झारे।

धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र जोड्न सक्यो। पहिलो ओभरमा नै २ विकेट गुमाएको विराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन जोडे। २२ बलको सामना गरेका उनले २ चौका र १ छक्काको प्रहार गरे। यस्तै सुनिल धमलाले १८ रन जोडेको इनिङस्मा नोमन खानले ११, पुनित मेहेराले १५, कप्तान प्रदिप सिंह ऐरीले १० रनको योगदान गरे।

त्यसअघि पोखरा रंगशालामा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १७ रनको योगफल तयार पारेको थियो। धनगढीका कमल सिंह ऐरी २६ र सागर ढकाल १ रनमा नटआउट रहे। २१ बल खेलेका ऐरीले २ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै श्रीमन्था विजारत्ने २५, रोड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२, मन्जित श्रेष्ठले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकको जोडन सकेनन्।

विराटनगरका शाहब आलमले ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३० रन खर्चेर ३ विकेट हात पारे। यस्तै नोमन खान २ र किशोर महतो, पुनित मेहेरा र मोहम्मद जयद आलमले समान १ विकेट हात पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .