ad ad

समाज


भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ८:९,

आइतबार राति हृदयघातका कारण निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष एवं चलचित्रर्की केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

कीर्तिपुरमा भएको एक बैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका भट्टराईलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति नै निधन भएको हो।

सरकारले भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने तयारी गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जनाकारी दिए।

अन्तेष्टिअघि भट्टराईको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको छ। उनको सोमबार अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने बताइएको छ।

उनको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने प्रस्ताव केही बेरमा बस्ने मन्त्रिपरिषदमा पेस हुने बताइएको छ।

भट्टराई चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए। तीन दशक नेपाली चलचित्रमा काम गरेका उनी ८ महिना अगाडि बोर्डको अध्यक्षमा नियुक्त भएका हुन्। उनको निधनले चलचित्र क्षेत्रलाई ठूलो घाटा भएको भन्दै चलचित्रकर्मीहरुले शोक व्यक्त गरेकका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन्, ‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ। उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .