ad ad

कारोबार


हिमालय शेर्पालाई यति एयरलाइन्सको प्रायाेजन

हिमालय शेर्पालाई यति एयरलाइन्सको प्रायाेजन

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ७:३९,

ए डिभिजन लिग क्लब हिमालय शेर्पालाई यति एयरलाइन्सले मुख्य प्रायोजन गरेको छ।

यति र क्लबबीच सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भयो। हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पा र यतीका निर्देशक समर राणाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

क्लब र हिमालय शेर्पाबीच एक वर्षको प्रायोजन सम्झौता भएको हो। सम्झौता अनुसार हिमालय शेर्पाले आफ्नो नामको अघि यति जोड्नेछ भने प्रायोजनबापत यतिले २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

यतिले लगातार तेस्रो वर्ष हिमालय शेर्पालाई प्रायोजन गरेको हो। प्रायोजन कार्यक्रममा क्लबका अध्यक्ष शेर्पाले यतिका दिवंगत प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा खेलप्रेमी रहेको र उहाँको निधनपछि छोरा नर्वुले पनि बुबाको सम्झनालाई निरन्तरता दिने प्रयास गरेकोमा धन्यवाद ज्ञापन गरे।

आङछिरिङको गतवर्ष फागुनमा तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।

‘आङछिरिङले सदैव खेललाई मायाँ गर्नुहुन्थ्यो। क्लबलाई कसरी अघि लैजाने भन्नेबारे पनि उहाँसँग छलफल भएको थियो। तर उहाँको असमायिक निधनले त्यो अघि बढ्न पाएन,’ अध्यक्ष शेर्पाले भने, ‘अहिले बुबाको सम्झनामा उहाँको खेलप्रेमलाई छोरा नर्बुले अघि बढाउनुभएको छ। उहाँहरुको साथलाई हामी राम्रो प्रदर्शन गर्दै निराश पार्नेछैनौं।’

यस्तै यतिका सिनियर म्यानेजर भीमराज राईले यतिले विगतदेखि नै खेलकुदमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने जनाए। आङछिरिङको निधनपछि उहाँको खेलप्रतिको भावनालाई परिवारले पनि साथ दिएको उनले बताए।

यसपटक लिगमा कम्तीमा चौथो स्थानसम्म रहने योजना रहेको हिमालय शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकीले बताए। गत सिजनकै खेलाडीको बाहुल्यता रहेको टोलीले धुलिखेलमा बन्द प्रशिक्षण राखेको छ।

यस सिजनमा हिमालय शेर्पाका खेलाडीहरुमा मानबहादुर तामाङ (कप्तान), भिषण गुरुङ, त्रिदेव गुरुङ, आशीष गुरुङ, सुरज गुरुङ, विजय गुरुङ, सञ्जय धिमाल, दिवस उराउ, विकास राई, किशोर गिरी, गिल्सन कान्दाङवा, निरज बस्नेत, कैलाश बस्नेत, छिरिङ तामाङ, अभी पौडेल, विश्वान, छोप बहादुर उछानी, रवी थापामगर, विनोद गुरुङ, राम्जी, अब्दुल्ला, स्टिभ, क्षितिज खड्का, सविन तामाङ र विशाल श्रेष्ठ छन्।

यस्तै प्रशिक्षकमा सञ्जिव बुढाथोकी, सहायक प्रशिक्षकमा मिन बस्नेत र व्यवस्थापकका विजेन्द्र पुडासैनी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .