कारोबार


रेमिट्यान्सकै सहयोगले नेपालको प्रतिव्यक्ति आय ११ सय डलर पुग्यो : गोल्छा

रेमिट्यान्सकै सहयोगले नेपालको प्रतिव्यक्ति आय ११ सय डलर पुग्यो : गोल्छा

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०७९ शुक्रबार १७:१७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने एक्स्ट्रा सुविधाले समस्या आएको बताएका छन्। 

शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा उनले अर्थतन्त्र संकटमा पर्दा अतिरिक्त सुविधा (प्रिमियम) लिएर समस्या परेको बताए। 

गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रुपमा लिएको दाबी गरे। उनले मौद्रिक नीतिले अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको आरोप लगाए। 

अध्यक्ष गोल्छाले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढ्दा समस्या उत्पन्न भएको बताए। उनले नेपालको उधोग क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशतको ह्रास आएको बताए। 

गोल्छाले पछिल्लो तथ्यांक हेर्दा एफडिआई बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा गरेको बताए। उनले लामो समय रेमिटेन्समा निर्भर भए झनै समस्या आउने बताए। 

गोल्छाले नेपालको अर्थतन्त्र र नेपालीको प्रतिव्यक्ति आम्दानी ११ सय डलर पुग्नु विदेशबाट आउने रेमिट्यान्स नै भएको बताए। उनले अब नेपाल रेमिट्यान्समा मात्रै भरपर्दा डरलाग्दो अवस्था आउनसक्ने भन्दै रमिट्यान्समा मात्रै भर पर्न नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad