बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताएका छन्।
शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा उनले आइटीको विकास तीव्र गतिमा अगाडि बढेकाले नेपालले क्रिप्टोकरेन्सीबारे सरकारले सोच्नुपर्ने अवस्था रहेको बताएका हुन्।
त्यस्तै अध्यक्ष गोल्यानले नेपालले सबै भन्दा बढी कृषिजन्य सामग्री आयात गर्ने भएकाले कृषिमा सम्भावना धेरै रहेको बुझ्न आवश्यक रहेको बताए।
उनले नेपाली जङ्गलबाट ५ खर्ब बराबरको जडिबुटी निर्यात गर्नसक्ने अवस्था रहेकाले अब निजी र सामुदायिक वनलाई सरकारले खोल्नुपर्ने बताए। अध्यक्ष गोल्यानले जडिबुटी, जलविद्युत र कृषिमा लगानी बढाएर निर्यातमार्फत नेपालको व्यापार घाटा कम गर्नसकिने बताए। उनले नेपालमा कपासदेखि गार्मेन्ट उद्योगको बिस्तारमार्फत स्टेस्टाइल उत्पादन वृद्धि गर्दा वार्षिक २ लाख नेपालीलाई रोजगारी दिन सकिने बताए।
अध्यक्ष गोल्यानले कृषि र कृषि प्रशोधनमा ठूलो सम्भावना भए पनि तत्काल अपेक्षा गरेजस्तो प्रतिफल नआउने बताए। उनले नेपालमा रहेको अल्लोबाट नेपालीहरुलाई लगाउन पुग्ने कपडाहरु नेपालमा नै उत्पादन गर्नसक्ने बताए। उनले नेपालको खुला सीमाना र सरकारको नीतिले गर्दा सबै भन्दा कम प्रोत्साहन भनेको नै कृषिमा रहेको गुनासो गरे।
Shares

प्रतिक्रिया