कारोबार


खानेपानी उपभोक्ता समितिलाई आयकर र भ्याट छुट दिन माग

खानेपानी उपभोक्ता समितिलाई आयकर र भ्याट छुट दिन माग

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १०:१३,

खानेपानी मन्त्री बिना मगरले खानेपानी उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताएकी छन्।

राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारण सभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी हुन्। उनले पछिल्लो समय उत्पन्न भएका खानेपानी उपभोक्ता समितिहरुका समस्या समाधानका लागि सरकार गम्भीर रहेको समेत बताइन्।

कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सचिव रामचन्द्र उपाध्यायले उपभोक्ता समितिले निर्माण गरेका करिब ९० वटा सहरी आयोजनाहरु नमुना आयोजनाको रुपमा स्थापित भएको बताउँदै उपभोक्ताहरुको विश्वास बढेको बताए। उनले आयकर, भ्याट लगायतका विषय र विद्युत महसुलमा सरकारले सिचाईं सरहको सहुलियत नदिँदा परियोजना सञ्चालनमा समस्या आउने गरेको गुनासो गरे।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले आयकर तथा भ्याट लगतयका समस्या समाधानका लागि मन्त्रालयले अर्थमन्त्रालयसँग निरन्तर छलफल गरिरहेको बताए। उनले उपभोक्ता समितिहरुलाई सेवामुलक संस्थाको रुपमा आयकर र भ्याटको व्यवस्था गर्न मन्त्रालयले पहल गरेको बताए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले खानेपानी विस्तारका लागि सडक भत्काउने तर नबनाउने प्रवृति रहेकाले त्यसमा सचेत रहन आग्रह गरे। त्यस्तै उनले ग्रामिण क्षेत्रका खानेपानी आयोजनाको लिफ्टिङका लागि सरकारले विद्युत महसुलमा छुट दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad