हङकङका युवा विदेशीसँग डेटिङका लागि निकै खुला

हङकङका युवा विदेशीसँग डेटिङका लागि निकै खुला

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १०:१३,

दक्षिणपूर्वी एसियामा सिंगापुर र मलेसियाभन्दा हङकङका युवायुवती विदेशीसँग सम्बन्धमा स्थापना गर्न निकै खुला र उदार देखिएका हुन्।

यद्यपी यस सूचीमा थाइल्याण्ड हङकङभन्दा अगाडि रहेको छ। नयाँ सर्वेक्षणअनुसार हङकङमा रहेका ६० प्रतिशत युवा युवती विदेशी नागरिकसँग डेटिङ गर्न रुचाउँछन्।

थाइल्याण्का युवा युवतीमा यस अध्ययन हुँदा त्यहाँका प्रत्येक १० जनामध्ये ८ जना विदेशीसँग डेटिङका लागि इच्छुक भएको देखिएको छ।

सिंगापुरको बहुराष्ट्रिय डेटिङ कम्पनी लन्च एक्चुअलीका संस्थापक तथा कार्यकारी अधिकृत भायोलेट लिम भन्छन्,‘सिंगापुर र मलेसियाभन्दा हङकङमा धेरै देशका मानिस बसोबास गर्ने शहर हो। हङकङमा बाहिरी कामदार धेरैछन्। त्यसैले हङकङका युवायुवतीले विदेशीलाई भेट्ने धेरै सम्भावना हुन्छ। त्यसैले उनीहरु विदेशीसँग निकै खुल्छन्।’

यसपटक लन्च एक्चुअलीले २८ सय एक युवायुवतीमा अध्ययन गर्यो। जहाँ हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया र थाइल्याण्डका २१ देखि ५१ वर्षका मानिसरु अनुसन्धानमा समावेश थिए।

Sixty per cent of single Hongkongers are open to dating foreigners and 50 per cent prefer to find dates through friends. Photo: Shutterstock

हङकङका ४ सय ५० जनामा सर्वेक्षण गरिँदा ५० प्रतिशतले आफ्नो प्रेमी खोज्न साथीको सहयोग लिने तथ्य फेला पर्यो। यस्तै हङकङका ३१ प्रतिशतले डेटिङ एपको प्रयोगमा प्रेमी खोज्दछन्।

यसपटकको सर्वेक्षणमा हङकङका युवतीले प्रेमीको कमाइ, उचाइ, सुन्दरतालाई धेरै जोड नदिएको पनि देखिएको छ।

तर युवाले भने महिलाको शैक्षिक योग्यता, कमाइलाई जोड दिएको पाइएको छ। ८७ प्रतिशत हङकङका एकल युवा धेरै कमाउने युवतीसँग प्रेम सम्बन्धमा बस्न चाहेको देखिएको छ।

यस्तै ९३ प्रतिशत युवाहरु उच्चशिक्षा सकेका युवतीसँग आकर्षित भएको देखिएको छ। एससीएमपी

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .