कारोबार


छैठौँ वर्षमा प्रवेश गर्दै मेगा क्यापिटल

छैठौँ वर्षमा प्रवेश गर्दै मेगा क्यापिटल

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १८:२७, काठमाडौँ

मेगा क्यापिटल मार्केट्स लिमिटेडले ५ वर्ष पूरा गरी पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ। 

मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० वटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीव्र गतिमा अगाडी बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा मेगा क्यापिटल २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको छ । 

मेगा क्यापिटलले हाल सम्म करिब १ लाख ८० हजार डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहिबाट करिब ६८ करोडको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ।

मेगा क्यापिटलले संस्थागत परामर्शदाता सेवाको रुपमा सेवाग्राही तथा आवद्घ लगानीकर्तालाई वित्तिय समस्या हल गर्न परिणाम मूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा नँया आयाम थपेको छ। 

त्यस्तै गरी नँया कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ। विभिन्न कम्पनीहरुसँग आईपीओ र अन्डरराइटिङ सम्झौता पनि भएको छ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ।

क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाण्डौँ उपत्यकाबाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .