ad ad

कारोबार


इसेवा मनी ट्रान्सफरको अभियान : नेपालमा पैसा पठाउँदा काठमाडौँमा घर जित्ने मौका

इसेवा मनी ट्रान्सफरको अभियान : नेपालमा पैसा पठाउँदा काठमाडौँमा घर जित्ने मौका

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १७:५०, काठमाडौँ

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्र्याएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ।

एफ वन सफ्ट टावर पुल्चोक स्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न प्रेस कन्फेरेन्स मार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानलाई सार्वजनिक गरेको हो।

यो अभियान असोज ७, २०७९ बाट सुरु भएर फाल्गुन ६, २०७९ सम्म जारी रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोवारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो। 

साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि ६ महिने यस योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकमा रहनु भएका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सकिनेछ। साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोही ले पनि सहभागिता जनाउन सकिनेछ। 

यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधासम्पन्न घर प्राप्त गर्न सक्नेछन्। 

अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै इसेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले आर्थिक विकास बिना कुनैपनि राष्ट्र समुन्नत बन्न नसक्ने बताए। 

‘आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका सवै नेपालीको योगदान उत्तिकै महत्वपुर्ण छ, अझ रेमिट्यान्स नेपाली अर्थतन्त्रकै महत्त्वपूर्ण हिस्सा रहेको हुनाले विदेशबाट पैसा पठाउने नेपालीको देश विकासमा भूमिका अतुलनीय हुन जान्छ’, उनले भने। 

इसेवा मनी ट्रान्सफर स्थापना कालदेखि नै रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क कम गर्दै डिजिटल करोवारका लागि समर्पित रहिआएको छ। 
राजेश हमाल पनि जोडिए 
मेरो डिजिटल देश अभियानमा नायक राजेश हमाल समेत जोडिएको कम्पनीले जनाएको छ। अभियानसँग जोडिएर इसेवा मनी ट्रान्सफरसँगै देश तथा विदेशमा गई उनले डिजिटल रेमिट्यान्ससम्बन्धी जागरुकता जनाउने कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै, चर्चित अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवर्द्धनात्मक विभिन्न कार्यक्रममा संलग्नता रहने कम्पनीले जनाएको छ।

त्यस्तै, अभियानबारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउने विश्वास गरे। 

‘रेमिट्यान्स पठाई नेपालको जीडीपीमा २२ प्रतिशत भन्दा बढी आर्थिक योगदान दिनुहुने ति समस्त सहयोगी हातको सम्मानमा पनि यो अभियान केन्द्रित हुनेछ’, उनले भने, ‘विश्वका बिभिन्न देशबाट नेपालमा पैसा पठाएर देशलाइ यतिठुलो आर्थिक योगदान पुर्याउनु हुने ति सहयोगी हातहरुमध्ये केहीलाई ६ महिने यस अभियानका दौरान हामी विशेष रुपमा सम्मान गर्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .