कारोबार


आरबीबी मर्चेन्ट बैंकिङ्गको वार्षिक साधारणसभा

आरबीबी मर्चेन्ट बैंकिङ्गको वार्षिक साधारणसभा

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १०:१७,

आरबीबी मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदनसहित विविध प्रस्तावहरु पारित गरेको बताइएको छ।

साधारणसभामा अध्यक्ष श्रेष्ठले हाल सहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई मर्चेन्ट बैंकिङ्गको रुपमा विकास गर्ने दीर्घकालीन सोचअनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउने बताए।

मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटीएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्टलगायतको सेवा दिई रहेको बताए।

साधारणसभामा आरबीबी मर्चेन्ट बैंंकिङ्ग लिमिटेडका सञ्चालकहरु कबिराज अधिकारी, केशब प्रसाद लम्साल, सरस्वती अधिकारी, पवन रेग्मी, बैंकका उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाल अवस्थी, देबेन्द्ररमण खनाल, सिए एकराज सिग्देल लगायतकोे उपस्थिति रहेको थियो।

आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad