ad ad

कारोबार


टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकले जिते लाखौंको नगद उपहार

टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकले जिते लाखौंको नगद उपहार

नेपालखबर
भदौ २८, २०७९ मंगलबार २०:३१, काठमाडौँ


नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सञ्चालन गरेको छ।

सो योजना सार्वजनिक गरेको आठौं दिन धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफ आई स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाउन सफल भएका छन्। 

स्याङ्जा, मनकामना वडा नं १ निवासी, ईम बहादुर गुरुङ्गले बुटवलको बालाजी अटोमोबाइल्सबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दै रु ४ हजार र किनेपछि रु एक लाख गरी रु १ लाख ४ हजार हात पार्दै आफ्नाे भाग्यको कायापलट गरेका छन्। 

साथै ललितपुर निवासी, असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क  १२५ एफ आई स्कुटर नकिन्दै रु २५ हजार र किनेपछि रु एक हजार गरी रु २६ हजार हात पार्न सफल भएका छन्। र योजना बारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले रियलमी सी३० स्मार्ट फोन जितेका छन्। 

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन्। 

‘कायापलट’ योजना अन्तर्गत नकिन्दै १ लाख र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ। हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई  रियलमी सी३० स्मार्ट फोन प्रदान गरिन्छ। साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ। 

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ। जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा रु ४ हजार २०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ।  

यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदैआएको छ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .