कारोबार


असोज १ देखि पेट्रोलियम पदार्थ ढुवानी नगर्ने व्यवसायीको चेतावनी

असोज १ देखि पेट्रोलियम पदार्थ ढुवानी नगर्ने व्यवसायीको चेतावनी

नेपालखबर
भदौ २८, २०७९ मंगलबार २०:५२, काठमाडौँ

पेट्रोलियम पदार्थ ढुवानीकर्ता व्यवसायीहरूले आगामी असोज १ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चेतावनी दिएका छन्। 

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी देशभरका पेट्रोलियम डिपोहरुमा लोड अनलोड नगर्ने चेतावनी दिएको हो। 

यस्तै, महासंघले भदौ २९ गतेबाट अमलेखगन्ज डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ नगर्ने जनाएको छ। 

विभिन्न माग राखी आन्दोलनरत व्यवसायीहरुले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने भदाै २४ को  निर्णय माग पुरा नभएसम्म निरन्तर कायम राख्ने जनाएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनलाई बोधार्थ दिइएको सो पत्रमा असोज २ गतेदेखि आन्दोलनका थप कार्यक्रम गर्ने जनाइएको छ।

साथै, व्यवसायीहरुले ढुवानी ठप्प पारेको अवस्थामा निगमले सञ्चालन खर्च व्यहोरी सञ्चालन गर्न चाहेमा टेंकर उपलब्ध गराउने महासंघको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .