नाडा ईभी एक्स्पोमा प्रि–टिकट बुकिङ खुल्ला भएको छ।
असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलोपटक विद्युतीय सवारी एक्स्पोमा अनलाइन टिकट काट्न सकिने भएको हो।
नाडा ईभीमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रूपैयाँ लाग्नेछ।
नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नाडा अटो शो गर्ने तयारी भइरहँदा सरकारले अटो आयातमा प्रतिबन्ध लगाएसँगै ईभी एक्स्पो गर्न लागिएको बताए।
नाडा अध्यक्ष थापाले अनलाइन टिकेटिङको व्यवस्था गरेको जानकारी दिए। थापाका अनुसार प्रि–बुकिङ टिकेटिङ गर्न सकिन्छ। प्रि–बुकिङमा छुटको व्यवस्था गरिएको जानकारी दिए।
नाडाका अनुसार असोज ५ गतेसम्म प्रि–बुकिङको व्यवस्था गरिएको छ। खल्ती एपबाट टिकट बुक गर्दा २० प्रतिशत सहुलियतमा पाइन्छ।

नाडाका अनुसार १० प्रतिशत बजार हिस्सा ओगटिसकेको छ। अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने बताएको छ।
नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने उक्त एक्स्पोमा सेमिनार समेत हुनेछ।
एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ। सिएटद्वारा प्रायोजित नाडा साधन, पार्ट पुर्जा, वित्तीय सेवा उपलब्ध हुनेछ।
वर्तमान समयमा विद्युतीय सवारीसाधनहरुको महत्व दिनप्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जलविद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको छ।
ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहनेछन्। एक्स्पोमा ७ वटा ब्राण्डका चारपांग्रे, एउटा तीनपांग्रे, दुई पांग्रे, २ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता छ।
नेपाली चाडपर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारीसाधनबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्द्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडाले जनाएको छ।
Shares

प्रतिक्रिया