माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।
डिजिटल सेवालाई बढावा दिने उद्देश्यका साथ बैंकले बाराको पवित्र तीर्थस्थल गढीमाई मन्दिरमा आयोजित एक औपचारिक कार्यक्रममा क्यूआर कोड हस्तान्तरण गरेको थियो।
उक्त क्यूआर कोड माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले संयुक्त रुपमा गढीमाई संचालन तथा विकास समितिका अध्यक्ष राम चन्द्र साहतेलीलाई हस्तान्तरण गरेका थिए।
सो कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, नेपाल राष्ट्र बैंक विरगञ्जका निर्देशक राजन देव भट्टराई, प्रहरी उपरिक्षक होमेन्द्र बोगटी, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य जय मुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत स्थानीय व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो।
यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दर्शनार्थीले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन्। दशनार्थीहरुले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नेछन्।
नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ।
Shares

प्रतिक्रिया