युरोपेली संघले नेपालका आठ विमान सेवा प्रदायक कम्पनीलाई कालोसूचीबाट हटाउन अस्वीकार गरेको छ।
संघले जारी गरेको सूचीमा नेपाली विमान सेवा कम्पनीलाई समावेश गरेको छ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स, सीता एयरलाइन्स, तारा एयर र यति एयरलाइन्सलाई ईयूले कालोसूचीमै राखेको हाे।
दुई दिनअघि संघले कालोसूचीमा भएका विश्वभरका एयरलाइन्सहरुको नामावली सार्वजनिक गरेको हो। जसअनुसार अब छ महिनासम्म नेपाली कम्पनीहरु ईयूको कालोसूचीमै रहनेछन्।
विमानस्थल सञ्चालक र नियामक एउटै भएका कारण ईयूले कालोसूचीबाट नहटाएको हो।
यद्यपि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कालोसूचीबाट हटाउने बताउँदै आएका थिए।

प्रतिक्रिया