ad ad

कारोबार


आयोजनाका कारण जनताको उठिबास हुनु भएन : सहरी मन्त्री चौधरी

आयोजनाका कारण जनताको उठिबास हुनु भएन : सहरी मन्त्री चौधरी

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार १७:१६, काठमाडौँ

 सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुने गरी योजना अगाडि बढाउनुपर्ने धारणा राखेका छन्।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज आयोजना गरेको धोविखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण आयोजनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ।त्यसका साथै पीडित जनता पनि सामेल हुनुपर्छ । छलफलमा ठुला बडा मात्र सहभागी भएको जस्तो हुनुभएन । स्थानीय जनताको साथ सहयोग भएमा मात्र आयोजना सफल हुन्छ।’

मन्त्री चौधरीले डुवानको समस्या समेत हल हुनेगरि छिट्टै धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताए । 

त्यसैगरी सांसद गगन थापाले खुद्रा खुद्रामा बजेट गइरहेको तर समस्या जस्ताको तस्तै रहेको सुनाए । उनले बाटो निर्माण गर्दा वर्षाका कारण हुनसक्ने क्षतिबारे समेत ध्यान दिन सुझाए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले उपत्यकामा डुबानको समस्या बढ्न थालेपछि धोविखोला कोरिडोर आयोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवस्यकता बढेको जनाए ।

त्यसैगरी उनले आयोजनाको प्रस्तावित नाम धोविखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना रहेको बताए । साथै उनले आयोजनाको नाम संशोधन र श्रोतको सुनिश्चितता अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको जानकारी समेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .