ad ad

कारोबार


सामाजिक स्वास्थ्य क्लिनिकले पूरा गर्‍यो एक वर्ष

सामाजिक स्वास्थ्य क्लिनिकले पूरा गर्‍यो एक वर्ष

नेपालखबर
भदौ २६, २०७९ आइतबार १३:१२, काठमाडौँ

परिवर्तनका लागि सामाजिक अभियानले सञ्चालन गरेको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकले एक वर्ष पूरा गरेको छ। 

गत २०७८  असोज २ गतेदेखि सो क्लिनिकको शुरुवात भएको थियो। सुनसरी उद्योग वाणिज्य संघको भवनमा आयोजित उक्त क्लिनिकमा पाक्षिक रुपमा आयोजना गर्ने गरिएको छ। 

हरेक वडामा कार्यक्रम गर्ने अभियान अनुरुप यस पटक धरान जेसीज प्रथम महिला समूहको सहकार्यमा २४ औं संस्करणमा सो कार्यक्रम आयोजना भएको थियो।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण हुने सो क्लिनिकमा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। विशेष गरि मुटु रोग, मधुमेह र रक्तचाप सम्बन्धि रोगहरु जाँच गरिने उक्त कार्यक्रममा ७३ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए। 

अभियानका सल्लाहकार मोहन श्रेष्ठ, संयोजक त्रिभुवन बराल, कोषाध्यक्ष वर्षा अग्रवाल, जेनिश शाक्य, निशान नेपाल, प्रशान्त अग्रवाल र हेम ढकाल लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको उक्त क्लिनिकमा स्टाफ नर्स चेतना परियारले विरामीहरुको रक्तचाप परीक्षण गरेकी थिइन्। 

औषधि र मधुमेह परीक्षण निःशुल्क
परिवर्तनका लागि सामाजिक अभियानले यस पटकको कार्यक्रमदेखि बिरामीहरुको मधुमेह निःशुल्क परीक्षण गरेको छ। मधुमेह भएका बिरामीहरुको परीक्षण पश्चात् मात्र स्वास्थ्य जाँच गरेको थियो।

त्यसैगरी बिरामीहरुलाई मुटुरोग र प्रेशरको औषधिहरु पनि निःशुल्क बितरण गरिएको अध्यक्ष बरालले बताए। 

बरालले भने, ‘यस पटकदेखि हामीले निःशुल्क रुपमा मधुमेह परीक्षण र औषधि वितरण गरेका छौं, यस कार्यबाट बुवाआमाहरुलाई सहजता हुन्छ नै होला।’

अभियानले आयोजना गरेको यस प्रकारको कार्यक्रममा सहकार्य गर्न पाएकोमा धरान जेसीजकी प्रथम महिला कोपिला श्रेष्ठ अभियान र डा. शाहप्रति आभार प्रकट गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .